भारतले बंगलादेशलाई ९५ रनले पराजित

काठमाडौँ, १५ जेठ । अभ्यास खेलमा भारतले  बंगलादेशलाई ९५ रनले  पराजित गरेको छ ।

कार्डिफमा भएको खेलमा भारतले ५० ओभरमा सात विकेट गुमाउँदै ३५९ रन बनाएको थियो । भारतका लागि महेन्द्र सिंह धोनी र केएल राहुलले शतकीय योगदान दिए ।

चौथो विकेटका लागि राहुल र धोनीले १६४ रनको साझेदारी गरेका थिए । ब्यक्तिगत तर्फ केएल राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रन बनाए । धोनीले अझ आक्रामक ब्याटिङ गरे । उनले ७८ बलमा ८ चौका र सात छक्का प्रहार गर्दै ११३ रन बनाएका थिए ।

विराट कोहलीले पनि ४७ रन बनाए ।  ३६० रनको लक्ष्य पछ्याएको बंगलादेश इनिङ सकिनु भन्दा तीन बल अगावै अलआउट भयो । उसका दुई खेलाडीलेमात्र अर्धशतक पार गरे । ओपनर लिटन दासले ७३ रन बनाए भने मुस्फिकर रहिमले ९० रन जोडे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर