वेष्ट इण्डिजसँग न्यूजील्याण्ड ९१ रनले पराजित

काठमाडौँ, १५ जेठ । विश्वकपको लागी अभ्यास खेलमा वेष्ट इण्डिजले न्यूजील्याण्डलाई ९१ रनले हराएको छ ।

पहिला ब्याटिङ गर्दै वेष्ट इण्डिजले ४२१ रनको विशाल योगफल तयार पारेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको इण्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ४२१ रन बनाएको थियो ।

इण्डिजका लागि साई होपले शतकीय योगदान दिए । उनले ८६ बलमा १०१ रन बनाएका थिए । आन्द्रे रसेलले २५ बलमा ५४ रन बनाउँदा इभिन लुइसले पनि ५० रनको अर्धशतकीय पारी खेले । कप्तान ज्यासन होल्डरले ३२ बलमा ४७ रन र क्रिश गेलले २२ बलमा ३६ रन जोडे ।

ब्लिङतर्फ ट्रेन्ट बोल्टले चार विकेट लिए भने म्याट हेनरीले दुई विकेट लिए । ४२२ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । उसका टम ब्लन्डेलले शतकीय योगदान दिए भने केन विलियमसनले ८५ रनको उत्कृष्ट इनिङ खेले । इश सोधीले पनि ३९ रन बनाउँदा न्यूजील्याण्डले ३३० रनको सम्मानजनक योगफल तयार पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको