नक्कली मदिरा सेवन गरेका ६ जनाको मृत्यु

एजेन्सी, १५ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेपनि स्थानीय मिडियाले भने १२ जनाको मृत्यु भएको बताएका छन् ।

बिरामी परेकहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । एबीपीका अनुसार यस उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ