एपिएफको दोस्रो जित

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित हात पारेको छ ।

सोमबार किर्तिपुर स्थित टियु मैदानमा भएको खेलमा एपिएफले सुदुरपश्चिमाञ्चल टोलीलाई तीन विकेटले हराउदै जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ३७.१ ओभरमा सवै विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । एक सय २६ रनको विजय लक्ष्य पछ्याएको एपीएफले ३४.४ ओभरमा सवै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । एपिएफको जितमा कप्तान पृथु बास्कोटाले अविजित ३२ रन बनाए ।

शरद भेषवाकरले २६, सन्दीप जोराले २२, सुमित महर्जनले १५ र प्रदिप ऐरीले १० रन बनाए । बलिङमा सुदुरपश्चिमका बिनोद लामाले तीन विकेट लिए । शेर मल्लले दुई तथा विकास अग्रि र नरेन्द्र साउदले समान एक–एक विकेट लिए ।

विपिन रावलले २१, खडक बोहोराले १९ र रोशन अधिकारीले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा एपीएफका अविनाश बोहोराले दुई, पृथु बास्कोटा, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ