निर्देशक घिसिङद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको निरीक्षण

चितवन, १३ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

धुर्मस सुन्तली फाउण्डेशनद्वारा निर्माण भइरहेको रंगशालास्थल भरतपुर महानगरपालिका १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतिको बारेमा जानकारी लिएका हुन ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार हुनुअघिका कामहरु सबै तीब्र गतिमा अघि बढाइएको जानकारी दिए । रंगशाला निर्माणस्थलको कम्पाउण्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआर लगायतका कामहरु अघि बढिरहेको जानकारी कट्टेलले घिसिङलाई गराए ।

निर्देशक घिसिङले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सवै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताउदै उनले रंगशाला निर्माणका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, सव स्टेशन निर्माणमा प्राधिकरणले खुल्ला हृ्रदयका साथ सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा