शेयर परिसूचक नेप्से सामान्य अवस्थामा

काठमाडौँ, १३ जेठ । शेयर बजारमा परिसूचक नेप्से सामान्य अवस्थामा रहेको छ ।

केहीदिन देखि गिरावट आएको जलविद्युत समुहमा भने वृद्धि भएको छ । केहीदिन यता जलविद्युत समुहमा गिरावट आउँदा शेयर परिसूचक नेप्से घटेको थियो ।

सोमबार परिसूचक नेप्से एक अंक भन्दा कमले बढेको छ भने सेन्सेटिभ परिसूचक पनि बढेको छ । त्यस्तै १ सय ७० कम्पनीको ५१ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ र बीमा समुह घटेका छन भने अन्य सबै समुह बढेका छन् । शेयर बजारमा अधिकांश कम्पनीहरु त्यस मध्येपनि बैंकिङ क्षेत्रको नाफामा उच्च वृद्धि हुँदा लगानीकर्ता उत्साहित बनेर कारोबार बढाउँदा ३ महिना यता परिसूच नेप्से २ सय अंकले बढेको थियो ।

 शिवम सिमेन्ट र प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । त्यस्तै स्पर्स लघुवित्तका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन भने सिनर्जी पावरका शेयरधनीले ८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार