फेसबुकले बन्द गर्यो ३ अर्ब फेक अकाउन्ट

एजेन्सी, १३ जेठ ।  फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरेको छ ।

सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो ।

फेसबुकका अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशत फेक अकाउन्ट रहेको पनि खुलासा भएको छ । फेसबुकका एकजना उपाध्यक्ष गाई रोसेनका अनुसार अटोमेटेड पद्धतिबाट एकै पटकमा ठूलो संख्यामा सिर्जना गरिएका फेक अकाउन्टहरुमाथि धावा बोलिएको छ ।

उनका अनुसार फेसबुक प्रयोगकर्ताले हेर्ने हरेक १० हजार सामाग्रीमध्ये ११ देखि १४ वटा सामाग्रीहरुले अश्लीलता तथा यौनिकता सम्बन्धि फेसबुकको नियम उल्लंघन गर्ने गरेका छन् ।

सन् २०१८ को पछिल्लो ६ महिनामा फेसबुकले विश्वका ९ देशमा गरी ५३ वटा मुख्य अवरोधको सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी