फेसबुकले २ अर्ब ‘फेक अकाउन्ट’ हटायो : फेसबुक अदालत गठन हुँदै

एजेन्सी, १२ जेठ । फेसबुकले हालसम्मकै बढी दुई अर्ब ‘फेक एकाउन्ट’ आफ्नो साइटबाट हटाएको छ । जनवरीदेखि मार्चसम्मको ३ महिनामा उसले करिव २ अर्ब २० करोड फेक अकाउन्ट हटाएको जनाएको हो ।

हाल विश्वभरि फेसबुकका कुल प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड रहेको छ । ३ महिनाको अवधिमा २ अर्ब २० करोड फर्जी खाता हटाउनुलाई फेसबुकले हालसम्मकै ठूलो कदमका रुपमा अर्थ्याएको छ ।

फे‍सबुकका सिइओ मार्क जुकरबर्गले फेसबुक प्रयोगकर्ताहरुको सुविधा तथा सुरक्षाका लागि कम्पनीले आर्टिफिशियल इन्टेलीजेन्सी लागू गर्न गइरहेको छ र अन्य आवश्यक सुधारहरु गरिरहेको बताएका छन् । कम्पनीले एउटा स्वायत्त बोर्ड पनि बनाउन गइरहेको छ र यसले फेसबुकका लागि अदालतले जस्तै काम गर्ने जनाइएको छ । फेसबुक सम्बन्धी गुनासा तथा समस्याको समाधान उक्त बोर्डले गर्नेछ, जसको निर्णय नै अन्तिम मानिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख