एजेन्स, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् ।
शनिबार सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आएका हुन् । जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आत्मीय सम्बन्ध रहेको बताएका छन् ।
जापानका नयाँ राजा बनेका नारुहितोलाई राष्ट्रपति ट्रम्पले सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् ।





