कांग्रेस अध्यक्षबाट राहुल गान्धीले दिए राजीनामा

एजेन्सी, ११ जेठ । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा हार पछि अध्यक्षबाट राजीनामाको घोषणा गरेका छन् ।

शनिबार अध्यक्ष गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकको सुरुमा नै राजीनामा घोषणा गरेका हुन् ।

लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्ने क्रममा कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

राहुल गान्धी भने आफ्नो राजीनामा अडिग रहेको बताइएको छ । राहुलले राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार, राहुल अडिग रहे भने अर्को अध्यक्ष को होला र भारतको सबैभन्दा पूरानो पार्टी कसरी अगाडि बढ्ला भन्ने बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ