बित्तीय साक्षरताको अभियानमा आरम्भ माइक्रोफाइनान्स

काभ्रेपलाञ्चोक, १० जेठ । ग्रामीण भेगमा बित्तीय समाबेशीकरण र बित्तीय पहुँच अभिबृद्दि गर्ने उद्देश्यले संस्थाले बित्तिय सक्षारतालाई प्रथामिकता दिदै आइरहेकोमा सोलाई आत्मासाथ गर्दै आरम्भ माइक्रोफाइनान्सले एक दिने बित्तिय सक्षारता कार्यक्रम गरेको छ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० जना ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

विगत चार वर्षदेखि आफ्नो कार्य क्षेत्रका ग्रामीण विपन्न परिवारहरुलाई लक्षित गरी लघुवित्त सेवा प्रदान गर्दै आईरहेको यस वित्तीय संस्थाले आफ्नो १५ जिल्लाहरुका २० वटै शाखा कार्यालय अन्तर्गत ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गर्ने लक्ष्य अनुरुप यसपटक पाँचखालमा तालिम संचालन गरेको हो । कार्यक्रमबारे कार्यक्रम तथा योजना प्रमुख सन्तोष थापाले जानकारी गराउनुभयो ।

आरम्भ माइक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको बनेपा शाखाका शाखा प्रबन्धक दिलबहादुर थापा मगरले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा केन्द्रिय कार्यलयबाट स। प्रबन्धक युवराज पौडेल शर्मा, स. प्रबन्धक बिश्वराज श्रेष्ठ ताथ कार्यक्रम तथा योजना प्रमुख सन्तोष थापाले बित्तीय सारक्षार कसरी हुन साकिन्छ धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केन्द्र न ४४, ५२ र ८६ बाट ४० महिला जना दिदि बहिनी साहभागिता जनाउनु भएको थियो ।

उक्त कार्यक्रममा बचत तथा बचत योजना, ऋण अबधारणा, ब्यवसायिक योजाना, परिवरिक बजेट, बिमा तथा बिप्रेशण, लघु ब्यावसायिक आदि बारे जानकरी गराइको थियो ।

केन्द्र न ८६ को केन्द्र प्रमुख कल्पना हुमागाइले कार्यक्रम बारे बोल्दै, ‘यो हाम्रो ब्यवहरिक जिवनको लागी धेरैनै महत्वपूर्ण शिक्षा रहेछ, यस्को ब्यवहरिक कर्यान्वायनमा हामी केन्द्र्का दिदिबहिनीहरु लागी भोलिका दिनमा पर्ने लागी पर्नेछौं ।’

संस्थाले आफ्नो कार्यक्रमहरुलाई अगाडी बदाउने सन्दर्भमा आफ्नो सदस्यहरुलार्इ पैसाको महत्व र यसको उचित ब्यवस्थापन गर्ने शिप तथा क्षमाता अभिबृद्धि गर्न बित्तीय साक्षारता कार्यक्रम प्राथामिकता रहेको जानकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत पवन कुमार श्रेष्ठले जानकरी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार