सरकारी विद्यालयको उज्वल भविष्य नै समृद्ध नेपालको मूख्य आधार : सांसद ज्ञवाली

काठमाडौँ, १० जेठ । प्रदेश नं. ३ का सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ मिना ज्ञवालीले सरकारी विद्यालयको उज्वल भविष्य नै समृद्ध नेपाल सुखी नेपालीको मूख्य आधार भएको बताउनुभएको छ ।

बुद्धनगर आधारभुत विद्यालयको अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै सांसद ज्ञवालीले वर्तमान समयमा हुने खाने र हुँदा खानेबीचको शिक्षाको खाडललाई अन्त्य गराई शैक्षिक समानतामा जोड दिनुभयो । उहाँले देशमा रहेको शिक्षाको खाडललाई पुर्दै आधुनिक तथा प्रविधिमैत्री शिक्षाको संरचनालाई विकास गर्नुपर्नेमा जोड दिँदै सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउनुभयो ।

सांसद ज्ञवालीले दुःख र सुख एक अर्काका परिपुरक भएको बताउँदै दुःख पछि मात्रै मानिसले सुखको मार्ग प्रशस्त भएको शिक्षा गुणस्तरिय हुने दावी गर्नुभयो । उहाँले शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै योग्य तथा क्षमतावान व्यक्तिको निर्माण गर्नु अहिलेको अपरिहार्यता रहेको औल्याउनुभयो । उहाँले योग्य व्यक्तिको उत्पादनसँगै देशमा आधुनिक तवरले रोजगारीको वातावरण सिर्जना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उक्त विद्यालयलाई प्रदेश सरकारको तर्फबाट हाल भवन निर्माणको लागि ५० लाखको बजेट व्यवस्थापन गरेको जानकारी गराउँदै आगामी दिनमा शैचालय, खानेपानी तथा विद्यालयको ट्रष्ट निर्माणको लागि पुनःबजेट उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उक्त शैक्षिक परिवर्तन प्रतिष्ठानको तर्फबाट विद्यालयका विद्यार्थीलाई एक वर्षको नास्ताको व्यवस्थापनको लागि रु एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । त्यस्तै चिल्ड्रेन नेपालले १२ जना विद्यार्थीलाई निशुल्क पढाउने बताएको छ । साथै उक्त संस्थाले आज नै विद्यार्थीको लागि आवश्यक कापी, कलम, ड्रेस, व्याग तथा नगद समेत विद्यालयका सञ्चालक समितिका अध्यक्षलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २३ जेठ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिणबाराही पार्कमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २९ जना

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक

सुनसरी, २३ जेठ । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-२

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले कतिपय क्षेत्रगतमा पर्याप्त ध्यान दिन नसकेको