विश्वकप क्रिकेट अन्तर्गत आजबाट अभ्यास खेल सुरु

काठमाडौँ, १० जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् ।

आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।

पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप सुरु गर्ने तयारीमा छ । यसैगरी आजै त्यसै समयमा कार्डिफमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् ।

विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । आईसीसीले यस पटकदेखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल र फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको