१५ वर्षमा स्वर्ण पदक जितेकी रुटाले २२ वर्षमै लिइन् सन्यास

एजेन्सी, ९ जेठ । लण्डन ओलम्पिककी स्वर्ण पदक विजेता लिथ्वानियाकी पौडीबाज रुटा मिलुतितेले २२ वर्षको उमेरमा सन्यास लिएकी छिन् ।

लगातार तीनवटा ड्रग टेस्ट छुटाएकी मिलितुतेले १५ वर्षको उमेरमा स्वर्ण पदक जितेकी थिइन् । उनले १०० मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन् । उनले प्लाइमाउथमा अध्ययन तथा प्रशिक्षण लिँदै आएकी थिइन् ।

तीनवटा ड्रग टेस्टमा सामेल नभएपछि उनलाई एकदेखि दुई वर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने सम्भावना थियो । ड्रड टेस्टमा सामेल हुन नसकेकोमा पूर्ण जिम्मेवारी आफ्नै रहेको बताउँदै उनले सन्यास लिने निर्णय गरेकी हुन् ।

उनले एक विज्ञप्ति  जारी गर्दै जिवनको नयाँ पाटो शुरु गर्नका लागि तयार रहेको उल्लेख गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको