१५ वर्षमा स्वर्ण पदक जितेकी रुटाले २२ वर्षमै लिइन् सन्यास

एजेन्सी, ९ जेठ । लण्डन ओलम्पिककी स्वर्ण पदक विजेता लिथ्वानियाकी पौडीबाज रुटा मिलुतितेले २२ वर्षको उमेरमा सन्यास लिएकी छिन् ।

लगातार तीनवटा ड्रग टेस्ट छुटाएकी मिलितुतेले १५ वर्षको उमेरमा स्वर्ण पदक जितेकी थिइन् । उनले १०० मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन् । उनले प्लाइमाउथमा अध्ययन तथा प्रशिक्षण लिँदै आएकी थिइन् ।

तीनवटा ड्रग टेस्टमा सामेल नभएपछि उनलाई एकदेखि दुई वर्षसम्मको प्रतिबन्ध लाग्न सक्ने सम्भावना थियो । ड्रड टेस्टमा सामेल हुन नसकेकोमा पूर्ण जिम्मेवारी आफ्नै रहेको बताउँदै उनले सन्यास लिने निर्णय गरेकी हुन् ।

उनले एक विज्ञप्ति  जारी गर्दै जिवनको नयाँ पाटो शुरु गर्नका लागि तयार रहेको उल्लेख गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर