काठमाडौँ, ९ जेठ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०)का लागि अनुबन्धित भएका छन् ।
प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले अनुबन्ध गरेको हो । लेग स्पिनर सन्दीपले सिपिएलमा वेस्ट इन्डिजका पूर्व फास्ट बलर वास्टार्ट ड्रेकका छोरा डोमिनिक ड्रैक्ससँगै बार्बाडोस ट्रिडेन्टसबाट लिग खेल्ने भएका हुन् ।
सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (नेपाली करिब ७७ लाख ७० हजार)मा किनेको हो।






