छोराले बाबुलाई टुक्रा टुक्रा पारेर झोलामा बोकेपछि…!

एजेन्सी, ८ जेठ । भारतका राजधानी दिल्लीमा आफ्नै छोराले बाबुलाई विभत्स हत्या गरी टुक्रा टुक्रा बानाई चार वटा फरक – फरक ब्यागमा राखी बोकेर हिडेको प्रहरीले जनाएको छ ।

मंगलाबार राती अमनले आफनो साथीको गाडिमा पिताको शव भएको झोला राख्दै गर्दा रंगेहात प्रक्राउ परेको भारतीय प्रहरीले सूचना दिएको बताइएको छ ।

पूर्वी दिल्लीका शाहदरा जिल्लाको फर्श बजार इलाकामा एक छोराले सम्पतीको लागि आफ्नै बाबुको हत्या गरी झोलामा बोकी हिडेको खबर भारतीय मिडिया दैनिक जागरणमा उल्लेख छ । उक्त घटनाको खुलासा भएपछि प्रहरी प्रशासन र स्थानीय चकित भएका छन् ।

छोरा अमन अग्रवालले आफ्नो साथीसंग मिलेर सम्पतीका लागि पिता सन्देश अग्रवाललाई टुक्रा – टुक्रा गरेको मिडियाले जनाएको छ । पिताको उक्त शवलाई लुकाउन जानेक्रममा प्रहरीले छोरालाई पक्राउ गरेको छ । प्रहरीले शवको टुक्राहरुलाई जम्मा गरी पोस्टमार्टमको लागि लगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर