काठमाडौँ, ८ जेठ । आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





