प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेकाे खुल्ला मञ्चमा जेठ २८ बाट सुरु हुने जानकारी गराइएको हो ।

 प्रतियाेगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गर्नेछ । प्रतियोगिताको अनुमानित लागत ८८ लाख रहेको र  ८८ लाखमध्ये ३५ लाख राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउनेछ भने बाँकी रकम महाकालीले प्रायोजक खोज्नुपर्नेछ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम गरी कूल ८ महिला टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पाउने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर