प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेकाे खुल्ला मञ्चमा जेठ २८ बाट सुरु हुने जानकारी गराइएको हो ।

 प्रतियाेगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गर्नेछ । प्रतियोगिताको अनुमानित लागत ८८ लाख रहेको र  ८८ लाखमध्ये ३५ लाख राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउनेछ भने बाँकी रकम महाकालीले प्रायोजक खोज्नुपर्नेछ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम गरी कूल ८ महिला टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पाउने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने