नेप्से ४ अंकले उकालो लाग्यो

काठमाडौँ, ७ जेठ । नेप्से सूचक मंगलबार ४.२ अंकले बढेर १३१२.१४ विन्दुमा पुगेको छ ।

समग्रमा बजार ०.३४ प्रतिशतले बढेको हो । १७३ कम्पनीको ८१ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

३१ लाख २ हजार २८४ कित्ता सेयर खरिदबिक्री भएका छन् । नेप्सेमा सूचीकृत १२ वटा समूहको सेयर कारोबार भएकामा ३ वटा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक ६४.६ अंकले बढेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रता लिदै बैंकको ८ करोड ६६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र बुटवल पावर कम्पनी परेका छन् ।

त्यस्तै मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसको भाउ ९.९४ प्रतिशतले बढेको हो । धेरै कमाउनेमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र कर्पोरेट डेभलपमेन्ट बैंक परेका छन् । अपरको ९.८८५ र कर्पोरेटको ९.८४ प्रतिशतले मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार