एजेन्सी, ७ जेठ । खेल खेलाउँदै गर्दा हृदयघात भएका रेफ्रीको निधन भएको छ ।
बोलिभियन लिगअन्तर्गत अल्वेज रेडी र ओरीएन्टे पेट्रोलेरोको खेल चलिरहेको अवस्थामा ४७ औं मिनेटमा ह्युगो एक्कासी उत्तानो परेर लडेका थिए । बोलिभियन रेफ्री भिक्टर ह्युगो हुर्टाडोको खेल खेलाउने क्रममा हृदयघात भएपछि अस्पतालमा निधन भएको हो ।
बोलिभिया फुटबल संघका अध्यक्ष इभो मोरालेसले ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति श्रद्दान्जली अर्पण गरेका छन् । संघले राष्ट्रिय फुटबलमा ७ दिनको लागि शोक प्रस्ताव राखेको छ ।





