बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौँ, ७ जेठ । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए ।

तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली र अंग्रेजी दुवै भाषा राख्नुपर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्यौट ऐन २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछर्यौट विनियमावली २०७२ (दोस्रो संसोधन २०७४ समेत) को विनियम ५९ उपविनियम (१) ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।  यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार