शहरदेखि जंगलसम्मको यात्रामा पवन प्रकृतिका स्काउट

ललितपुर, ७ जेठ । गतवर्षको माघदेखि स्काउटिङ्ग कक्षा शुरु भएपछि पवन प्रकति स्काउट ट्रुप इमाडोलका स्काउटहरु पहिलोपटक शहरदेखि जंगलसम्मको रोमाञ्चक यात्रा (हाइकिङ्ग) मा सहभागी भएका छन ।

स्काउट गुरु शिवकुमार त्वायनाको नेतृत्वमा भक्तपुरको सिद्धपोखरी, दरबार स्कवायर क्षेत्र, पाँचतल्ले मन्दीर (न्यातापोल) को अवलोकन गर्दैै हिँडेर उनीहरु राम मन्दीर, सुर्यविनायक गणेश मन्दीर हुँदै डोलेश्वर नजिकको जंगलसम्म गएका थिए । त्यहाँ पुगेर उनीहरु स्काउटका विभिन्न क्रियाकलापमा सहभागी भएका थिए ।

स्काउटको अनुशासनलाई अनुसरण गर्दै, स्काउटका चिन्हहरु पच्छयाउँदै स्काउटहरु पहिलोपल्ट हाइकिङ्गको रमाइलो यात्रा अनुभव संगालेको पवन प्रकति स्कुलका भाइस प्रिन्सिपल विष्णुभक्त राईले बताए । यस्ता कृयाकलापले विद्यार्थीहरुमा स्काउटिङ्गप्रति रुचि बढ्ने पनि राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ ।  अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले