शहरदेखि जंगलसम्मको यात्रामा पवन प्रकृतिका स्काउट

ललितपुर, ७ जेठ । गतवर्षको माघदेखि स्काउटिङ्ग कक्षा शुरु भएपछि पवन प्रकति स्काउट ट्रुप इमाडोलका स्काउटहरु पहिलोपटक शहरदेखि जंगलसम्मको रोमाञ्चक यात्रा (हाइकिङ्ग) मा सहभागी भएका छन ।

स्काउट गुरु शिवकुमार त्वायनाको नेतृत्वमा भक्तपुरको सिद्धपोखरी, दरबार स्कवायर क्षेत्र, पाँचतल्ले मन्दीर (न्यातापोल) को अवलोकन गर्दैै हिँडेर उनीहरु राम मन्दीर, सुर्यविनायक गणेश मन्दीर हुँदै डोलेश्वर नजिकको जंगलसम्म गएका थिए । त्यहाँ पुगेर उनीहरु स्काउटका विभिन्न क्रियाकलापमा सहभागी भएका थिए ।

स्काउटको अनुशासनलाई अनुसरण गर्दै, स्काउटका चिन्हहरु पच्छयाउँदै स्काउटहरु पहिलोपल्ट हाइकिङ्गको रमाइलो यात्रा अनुभव संगालेको पवन प्रकति स्कुलका भाइस प्रिन्सिपल विष्णुभक्त राईले बताए । यस्ता कृयाकलापले विद्यार्थीहरुमा स्काउटिङ्गप्रति रुचि बढ्ने पनि राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई