काठमाडौँ, ६ जेठ । न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ को उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गले हात पार्न सफल भएको छ ।
प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको हो । सितापाइला तेक्वान्दो डोजाङ्गले ५० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ ।
यस्तै दोश्रो स्थान दिलिप स्मृति र युनाइटेड तेक्वान्दो डोजाङ्ग तेस्रो भएको छ । दिलिप स्मृतिले ३० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ । भने तेश्रो स्थान हासिल गर्न सफल हुने युनाइटेड तेक्वान्दो डोजाङ्गले २० हजार नगदका साथै मेडल र ट्रफी प्राप्त गरेको छ ।
विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्मानित गरेका थिए ।






