राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गलाई

काठमाडौँ, ६ जेठ । न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ को उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गले हात पार्न सफल भएको छ ।

प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको हो । सितापाइला तेक्वान्दो डोजाङ्गले ५० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ ।

यस्तै दोश्रो स्थान दिलिप स्मृति र युनाइटेड तेक्वान्दो डोजाङ्ग तेस्रो भएको छ । दिलिप स्मृतिले ३० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ । भने तेश्रो स्थान हासिल गर्न सफल हुने युनाइटेड तेक्वान्दो डोजाङ्गले २० हजार नगदका साथै मेडल र ट्रफी प्राप्त गरेको छ ।

विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर