काठमाडौँ, ६ जेठ । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव १३ अंकले घटेको छ ।
९ दशमलव १३ अंकले घटेर आज १ हजार ३ सय ७ दशमलव ७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । १ सय ७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भई १ अर्ब २२ करोड ५ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९९ अंकले घटेर २ सय ७९ दशलमव ८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ ।
जसको कारोबार २५ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको भएको छ । जसको बजार मुल्य ५८८ रुपैयाँ रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।
मञ्जुश्री फाइनान्सको ९ दशमलव ७० प्रतिशत, सिन्धु विकासको ९ दशमलव २९ प्रतिशत, वेष्ट फाइनान्सको ९ दशमलव २८ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ०९ प्रतिशतले बढेको छ ।






