एजेन्सी, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने भन्दै अमेरिकालाई नधम्काउन चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’
If Iran wants to fight, that will be the official end of Iran. Never threaten the United States again!
— Donald J. Trump (@realDonaldTrump) May 19, 2019
इरान परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।





