एजेन्सी, ६ जेठ । कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
आइतबार स्थानीय अधिकारीले दिएको जानकारी अनुसार, बुधबार स्थानीय माछा बजारमा भएको हो । उक्त आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । घाइतेमध्ये केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।
लेन्दु समुदायका लडाकूको सम्लग्नता रहेको हुनसक्ने स्थानीय अधिकारीले बताएका छन् । उक्त स्थानमा अहिले राष्ट्रसंघीय सुरक्षा नियोगबाट खटिएका शान्ति सेना पठाउने तयारी भइरहेको बताइएको छ ।





