मालपोतका आधा दर्जन कर्मचारी जेल

बर्दिया, ५ जेठ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेता पनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६ जना मात्र कर्मचारी हाल कार्यरत छन् ।

कार्यालयमा १ जना उपसचिव स्तरको कार्यालय प्रमुख र ३ जना शाखा अधिकृत रहने ठाँउमा हाल कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका एक जना मात्र शाखा अधिकृत रहेका छन् ।

प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली काठमान्डौ तालिममा भएको अबस्थामा बाँके जिल्ला प्रहरी कार्यालयमा परेको कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुने क्रममा पक्राउ परेका बाँके लगाएत मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, ना.सु. कृष्णलाल शर्मा खरिदार भूमिराज पोखरेल कारागार चलान भएका छन् । भने प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली फरहार रहेको प्रहरीले जनाएको छ ।

मृतक मुजिबुल हसन अन्सारीका पत्नी हसरततुन निसा अंसारीले दिएको जानकारी अनुसार प्रहरीले अनुसन्धन गर्दा बर्दिया जिल्ला साबिक नेउलापुर गाबिस वडा नम्बर ७ क अन्र्तरगत पर्ने कट्टा नम्बर १९१ र नेउलापुर ९ ख को केही किट्टा जग्गा नामसारी गरेको कार्य कर्ते भएको आरोपमा ती कर्मचारीहरु कारर्वाहीमा परेका हुन् ।

प्रहरीले अनुसन्धान गरी अदालतमा मुद्दा पेश हुदा बाँके जिल्ला अदालतबाट बाँके जिल्ला अदालतले १९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको र १२ जना फरहार रहेको कुरा प्रहरीद्धारा बैशाख १३ गतेको प्रेस नोटमा जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा