यातायातका कर्मचारी र बिचौलियाबीच गहिरो कनेक्सन, सूचनाको लागि पनि बिचौलियालाई पैसा दिनुपर्ने

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो कनेक्सन रहने गरेको निष्कर्ष निकालेको छ । सोही कनेक्सनका आधारमा बिचौलियाहरूले ट्रायल परीक्षाको सूचना दिनसमेत सेवाग्राहीबाट प्रतिसेवाग्राही ५० रुपैयाँ लिने गरेको समेत पाइएको छ ।

सेवाग्राहीबाट बिचौलियाले उठाउने गरेको रकमको केही भाग कार्यालयका कर्मचारीसँग समेत पुग्ने भएकाले कार्यालय प्रमुखले कार्यालयको सूचना प्रणालीलाई प्रभावकारी नबनाएर बिचौलिया पोस्ने काम गरिरहेको स्रोतको भनाइ छ । बिचौलियासँगको साठगाँठका कारण कार्यालयको सूचना बिचौलियाबाट पैसा तिरेर पाइने तर कार्यालयले सूचना नदिने गरेको समेत पाइएको छ ।

सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिले कार्यालयले दिने सूचनाको सम्बन्धमा सेवाग्राहीसँग बुझ्दा बिचौलियाले सेवाग्राहीसँग ५० रुपैयाँसम्म पैसा लिएर ट्रायल परीक्षाको जानकारी मोबाइलबाट गराउने गरेको पाइएको निष्कर्ष निकालेको हो । ‘कार्यालयकै कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई कार्यालयले प्रत्यक्ष रूपमा सूचना नदिएर बिचौलियामार्फत सूचना दिने वातावरण सिर्जना गरेको पाइयो,’ सकर्तकता केन्द्रका एक अधिकारीले भने । केन्द्रको छानबिन समितिले बिचौलियासँगको कनेक्सनका कारण त्यस्तो कार्य नियन्त्रण गर्न कार्यालयले बेवास्ता गरेको समेत पाइएको औंल्याएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ जेठ । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको  संख्या ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ

काठमाडौँ, २४ जेठ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । एसियामै

काठमाडौँ, २३ जेठ । विश्वभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ३३६ जनाको मृत्यु भएको छ । सबैभन्दा

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ