एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

एजेन्सी, ५ जेठ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ ।

शनिबार राति वेम्बली रंगशाला भएको खेलमा वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले एफए कप जितेको हो । सिटीलाई उपाधि दिलाउने क्रममा रहिम स्टर्लिङ ह्याट्रिक भने डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हासिल गरेको हो ।

जितसँगै म्यान्चेस्टर सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो । एफए कप अघि सिटीले लिग कप र प्रिमियर लिग उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर