नेपाली गृहिणीका लागि सेन्सर जडित ‘ग्यास चुल्हो’ बनाउँदै सुशन

अमेरिकामा नेपाली विद्यार्थी सुशनको प्रविधि उपलब्धि

काठमाडौं, ५ जेठ । बलराम प्यासी । घरको चुल्हो चौको भ्याएर कार्यालय या व्यवसायमा जानुपर्ने महिला हुन या खाना पकाउँदै साना केटाकेटी र गाइवस्तु स्याहार्नुपर्ने गृहिणी हुन, उनीहरुको लागि खुसीको खबर आउन लागेको छ । हरदम सामाजिक सञ्जाल फेसबुकमा अल्झिने महिलालाई भने यो खबरले राहत दिन्छ कि दिँदैन, त्यो भने हेर्न बाँकी छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका—१४ नयाँनैकापमा जन्मी अमेरिकाको नर्थ क्यारोलिना राज्यको नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयमा कम्प्युटर सफ्टवेयर इन्जिनियरिंग विषयमा स्नातक अन्तिम वर्षका विद्यार्थी सुशन बस्नेतले नेपाली गृहिणीका लागि निकै उपयोगी हुने प्रविधियुक्त स्वचालित चुल्हो (भान्छा सहयोगी) बनाउन शुरु गरेका हुन ।

तीन हप्ताको लागि नेपाल आएका विद्यार्थी बस्नेतले अरनिको टेलिभिजनका सह—सम्पादक बलराम प्यासीसंग कुरा गर्दै अबको चार महिनामा सो चुल्होले प्याटेन्ट राइट अर्थात स्वामित्व अधिकार पाएपछि त्यसको उत्पादनको लागि बाटो खुल्ने र नेपाली गृहिणीहरुको भान्छासम्म आईपुग्ने दावी गरेका छन । उनको विश्वविद्यालयले उनलाई यसलाई सकारात्मक मान्दै यसलाई ‘ग्रीन सिग्नल’ दिइसकेको छ ।

आफु पढेको नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयको लागि २१ वर्षे नेपाली विद्यार्थी बस्नेतले टाइमर, भाइब्रेटर र सेन्सर मार्फत खाना पकाउने ग्यास चुल्होमा आगोको राप घटबढ गराउन सकिने, चुल्हो खोल्न÷बन्द गर्न सकिने र स्वतः नियन्त्रण हुने प्रविधियुक्त स्वचालित ग्यास चुल्हो बनाइराखेका हुन ।

‘पहिलो चरणको काम सकेर यसको काम पनि हेरिसकिएको छ, यसलाई फाइनल टच दिन मात्रै दिन बाँकी छ’—तीनहप्ते नेपाल भ्रमणको क्रममा राजधानीमा रहेका विद्यार्थी बस्नेतले भने ।

माइक्रो कन्ट्रोलर, इन्फ्रारेड सेन्सर र भाइब्रेटरको प्रयोग गरि उनले तयार गरिराखेको प्रविधियुक्त स्वचालित ग्यास चुल्होमा कुनैपनि भाँडामा राखेर पकाएको झोलजन्य पदार्थ, दुध चिया, दाल, पानी कहिल्यैपनि उम्लेर नपोखिने उनको दावी छ । कम्प्युटरमार्फत बस्नेतले आफुले बनाएको प्रविधियुक्त स्वचालित ग्यास चुल्होले कसरी काम गर्छ भनेर सञ्चारकर्मीलाई देखाएका थिए ।

पकाउने भाँडामा जडान हुने भाइब्रेटर, चुल्होको केही माथि राखिने माइक्रो कन्ट्रोलर र सेन्सरले उम्लिन लागेको झोलजन्य खानेकुरालाई उम्लेर पोखिन नदिने र सोही अनुसारको आगोको राप मिलाउने र खानेकुरा पाकेपाछि ग्यास चुल्हो आफै बन्द हुने व्यवस्था बस्नेतले गर्न लागेका छन् ।

झोलजन्य पदार्थ उम्लेर खेर नजाने, अण्डा उसिन्दा त्यसको थर्काहटले निश्चित अवधिमा अण्डा पाकेपछि चुल्हो आफैं बन्द हुने, अरु खाना पनि पाकेपछि चुल्हो आफैं बन्द हुने लगायतको विशेषताले गर्दा यसप्रकारको ग्यास चुल्हो नेपाली समाजको लागि निकै सुरक्षित हुने विद्यार्थी बस्नेतले बताए । ‘समय, ग्यासको वचतको साथै अरु ग्यास चुल्होको तुलनामा यो बढी सुरक्षित हुन्छ’—उनले भने ।

त्यतिमात्रै नभई मोबाइल एप बनाएपछि टाइमर र सेन्सर प्रविधि जडित ग्यास चुल्होमा खाना बसालेर घरबाहिरको काम पनि भ्याउन सकिने छ ।

आफुले बनाएको प्रविधियुक्त ग्यास चुल्होको प्याटेन्ट राइट लिएपछि यसलाई ठुलो मात्रामा उत्पादन गरि नेपाली गृहिणीहरुको लागि सस्तो मुल्यमा विक्री गर्ने आफ्नो योजना रहेको युवा विद्यार्थी बस्नेतले बताए ।

नैकापको ब्राइट फ्युचर बोर्डिंग स्कुलमा ५ कक्षाको पढाई सकेर आफ्ना बुबा सहदेव, ममी सुधा र बहिनी सोनुसंग सन २००८ मा क्यानाडा गएका सुसन केहीवर्षदेखि सपरिवार नै अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । यसअघि गतवर्ष सुशनले रिमोट कन्ट्रोल कार बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,