एक खेल अगावै इंग्ल्यान्ड विजयी

काठमाडौँ, ४ जेठ । पाकिस्तानसँगको पाँच म्याचको सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै विजयी भएको छ ।

शुक्रबार राति भएको चौथो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै सिरिज हात पारेको हो । पाकिस्तानले प्रस्तुत गरेको ३४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै ४९.३ ओभरमा पुरा गरेको थियो । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३४० रन बनाएको थियो ।

यस अघि पहिलो खेल वर्षाले प्रभावित बनेको थियो । दोस्रो खेलमा ७ र तेस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । अब पाँचौ तथा अन्तिम खेल भोलि आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर