काठमाडौँ, ३ जेठ । साताभर नेप्सेमा हकप्रद, बोनस र आईपीओ गरी १ करोड ९२ लाख ६८ हजार १४१ दशमलव ४ कित्ता शेयर सूचिकृत भएको छ ।
नेपाल एग्रो लघुवित्तको ४ लाख ९७ हजार ७७८ कित्ता आईपीओ र गणपत्ति माइक्रोफाइनान्सको १० लाख ३५ हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै फाइनान्सको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर, प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ दशमलव ८२ कित्ता बोनस शेयर, कृषि विकास बैंकको ५१ लाख ३ हजार १२९ दशमलव ६ कित्ता बोनस शेयर र ग्लोबल आईएमई लघुवित्तको १ लाख ४४ हजार ७५ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।





