त्रिवि सेवा आयोगको मौखिक परीक्षा स्थगित

काठमाडौँ, ३ जेठ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ। लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्को आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लिखित परीक्षामा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ। त्रिवि सेवा आयोगको खुला प्रतियोगिताअन्तर्गतको शाखा अधिकृत पदको २ जेठ २०७६ देखि हुने भनिएको अन्तर्वार्ता स्थगित भएको हो ।

आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो । परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा आयोगले नतिजा सार्वजनिक गरेको थियो। लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै आयोगका पदाधिकारीले आफू निकट तथा उच्च राजनीतिक नेतृत्वको दबाबमा केही व्यक्तिलाई उत्तीर्र्ण गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसलगत्तै अख्तियारले सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कोइरालाका अनुसार त्रिवि सेवा आयोगको परीक्षा प्रणालीको अनियमितताको विषयलाई अख्तियारले उच्च प्राथमिकतासाथ अध्ययन अनुसन्धान गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह