ग्रामर स्कूलका विद्यार्थीको निर्वाचन सम्पन्न

काठमाडौँ, २ जेठ । ग्रामर पब्लिक स्कुलका विद्यार्थीहरुले आफ्नो अमूल्य मत दिएर कक्षा १० का भरत यादवलाई आफ्नो विद्यालयको क्याप्टेनमा चुनेका छन् भने भाइस क्याप्टेनमा कक्षा ८ का मुकेश थापालाई चुनेका छन् ।

विद्यालयमा सम्पन्न निर्वाचनमा विद्यालयको गोल्डअर्किड हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा आकाश राई र सुम्निमा राई, रोडोडेन्ड्रम हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा क्रिस्टल कार्की र सुहाना श्रेष्ठ, म्याग्नोलिया हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा समर राई र क्रिटिना लोकान्द्री तथा मेरिगोल्ड हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा गौरव पौडेल र एलिशा चाम्लिंग निर्वाचित भए ।

पूर्ण प्रजातान्त्रिक विधिबाट सञ्चालन गरिएको निर्वाचनमा ग्रामर स्काउट ट्रुपका सबै स्काउटलाई निर्वाचनको सुरक्षाको लागि प्रहरीको रुपमा खटाइएको थियो भने उनीहरु पनि विद्यार्थी मतदाता भएको नाताले आफ्नो मत अधिकार प्रयोग गर्न दिइएको अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्गले बताए ।

एकवर्षका लागि निर्वाचित विद्यार्थी नेताहरुले विद्यार्थीलाई पर्नसक्ने समस्याको समाधान गर्नुका साथै विद्यार्थीहरुलाई अनुशासनमा रहेर विद्यालयका हरेक कृयाकलापमा भाग लिन र विविध समस्या समाधानको लागि विद्यालय प्रशासनसंग सहजीकरण गर्नेछ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग, लगायतले खादा र टिका लगाएर वधाई दिएका थिए भने निर्वाचनको सहजीकरण सामाजिक विज्ञान शिक्षिका देउती राईले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह