तीन महिनाभन्दा कमको मुद्दती निक्षेप लिन नपाइने

काठमाडौँ, २ जेठ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको छ । केही दिनअघि निक्षेप तान्न उपहार योजना सञ्चालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था गरेको हो ।

लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरूले सीसीडी सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो । लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथमा अन्य आकर्षक उपहार योजना ल्याएर निक्षेप तान्ने गरेका थिए । अब बैंकहरूले ९० दिनभन्दा कमको मुद्दती निक्षेप उठाउन पाउने छैनन् ।

यसअघि बैंकहरूले ६० देखि ७५ दिनको मुद्दती निक्षेप योजनासमेत सञ्चालन गर्ने गरेका थिए । साथै मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूवर्निधारित ब्याजदर कायम हुने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेपसमेत स्वीकार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो खबर कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार