पूर्वआयुक्त राजनारायण पाठक धरौटी बुझाएर छुटे

काठमाडौँ, १ जेठ । अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

विशेष अदालतमा बुधबार भएको थुनछेक बहसमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो । पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो ।

पाठकसँगै घुस प्रकरणमा प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन् । कलेजको मुद्धा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्वआयुक्त पाठकले उक्त रकम घुस लिएको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ५ जेठ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण

काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ