उद्योगमन्त्री यादवको कार्यकक्षमै हात हालाहाल

काठमाडौँ, १ जेठ । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिव प्रेम आचार्यले घुस लिएर कर्मचारीको अनियमित सरुवा गरेको केही कर्मचारीले आरोप लगाएपछि आज दिउँसो केहीबेर होहल्ला मच्चिएको हो ।

उनीहरुले शुरुमा मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उद्योग विभागमा उपसचिव विनोद खड्कालाई सरुवा गरेको थियो । तर उपसचिव शोभाकर रेग्मीले आफू विभागमा सरुवा हुनुपर्नेमा अरुलाई गरिएको भन्दै विरोधमा उत्रनुभएको हो । खड्का नेकपा निकट मानिन्छन भने रेग्मी कांग्रेस निकट कर्मचारी संगठनका उपाध्यक्ष हुन् ।

मन्त्री यादवले ‘झगडा गर्ने को हो, घूस खाएको के प्रमाण छ ? त्यसै आरोप लगाउने भन्दै प्रमाणित नगर्ने भए थुन्दिन्छु’ भन्दै ढोका लगाउन निर्देशन दिएपछि धकेलाधकेल हुन पुगेको थियो ।

मन्त्रीका निजी सचिव आचार्यले कर्मचारीहरुले होहल्ला गर्दै मन्त्रीमाथि नै हातपातको प्रयास गरेको दाबी गर्नुभएको छ । मन्त्री यादवले अनियमति तरिकाले भएको सरुवाको बारेमा बुझ्न गएका कर्मचारीमाथि नै हात हाल्न खोजेको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य विश्व रेग्मीले आरोप लगाउनुभयो छ ।

मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोँकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गर्नुभयो । तर कर्मचारीहरुले भने मन्त्री यादव आफ्नो कार्यकक्षबाट बाहिर निस्केर आफूहरुमाथि हातपातको प्रयास गरेको त्यहाँ रहेको सीसी टीभी फुटेजबाट हेर्न सकिने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ५ जेठ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण

काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ