जनवर्गीय स‌ंगठनको एकीकरण जेठ ३ मा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकीकरण मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते सम्पन्न गर्ने बताउनुभएको छ ।

युवा संघ, नेपालको २९औं स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीका अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने बताउँदै मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण भने हुने घोषणा गर्नुभयो । प्रधानमन्त्री आज नेपाल फर्कने र भोलि विहान सचिवालयको बैठकमा उक्त निर्णय गर्ने बताउनुभयो । अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नागरिक र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको बताउँदै पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराउनुभयो । उहाँले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ । केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ रु अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’

अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले

सिरहा, ७ साउन । सिराहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका-३ बस्ने २२ वर्षीय बिजली महराको

धनुषा, ७ साउन । धनुषामा पाँच किलो गाँजासहित दुई जना पक्राउ परेका छन । मंगलबार बिहान लक्ष्मीनिया गाउँपलिकाबाट ज ९ प

हेटौंडा, ७ साउन । हेटौंडामा भारतीय ट्रक पल्टिँदा ७ वटा सवारी ठोक्‍किएका छन् । मंगलबार रातोमाटेमा एनएलओआइडी ८०३१ नम्बरको भारतीय