नेप्से ५ अंकले बढ्यो

काठमाडौँ, १ जेठ । नेप्से सूचक आज बुधबार ५.५५ अंकले बढेर १३२१ विन्दुमा आइपुगेको छ ।

समग्रमा बजार ०.४२ प्रतिशतले बढेको हो । १७२ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४० लाख ४३ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

विकास बैंक समूह सबैभन्दा धेरै २५.९९ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक पनि ९.८६ अंकले माथि लागेको छ । कारोबार रकममा एनसीसी बैंकले अग्रता लिएको छ ।

एनसीसीको १४ करोड ८२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।

यस दिन सबैभन्दा धेरै कमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले

सिरहा, ७ साउन । सिराहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका-३ बस्ने २२ वर्षीय बिजली महराको

धनुषा, ७ साउन । धनुषामा पाँच किलो गाँजासहित दुई जना पक्राउ परेका छन । मंगलबार बिहान लक्ष्मीनिया गाउँपलिकाबाट ज ९ प

हेटौंडा, ७ साउन । हेटौंडामा भारतीय ट्रक पल्टिँदा ७ वटा सवारी ठोक्‍किएका छन् । मंगलबार रातोमाटेमा एनएलओआइडी ८०३१ नम्बरको भारतीय