व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाडौँ, १ जेठ ।  एसिया कप ह्वील चियर टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालीलाई भारतीले पराजित गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीलाई भारतीय टोलीले ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउँदै पुरा गर्यो । भारतका लागि गौरवले अर्धशतक पुरा गरे । उनले ५० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि डिग्माले सर्वाधिक ६५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर