अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु

एजेन्सी, १ जेठ । अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियाको क्युन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरु अधिकांश रहेका छन् । फ्लुका कारण मृत्यु हुनेहरुमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक भएको सन्चार माध्यमहरुले जनाएका छन् ।

हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्युन्सल्याण्डमा २५ जनाको मृत्यु भइसकेका छन भने दक्षिण अष्ट्रेलियामा फ्लुकै कारण १७ जनाको मृत्यु भएको हो ।

६ वटा राज्य र दुई टेरिटोरी रहेको अष्ट्रेलियाको अन्य राज्य तथा टेरिटोरीको तथ्यांक सार्वजनिक नभइसकेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, १९ जेठ । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

काठमाडौँ, १९ जेठ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचाररत

सिन्धुपाल्चोक, १९ जेठ । आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । जिल्लाको.त्रिपुरासुन्दरी गाउँपालिका वडा न.

बुटवल, १९ जेठ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।