ग्रामर स्कुलमा खाद्यप्रविधि विभागको प्रशिक्षण

काठमाडौँ, १ जेठ । चट्पटे, पानीपुरी, आलुचिप्स, कुुरकुरे, लेज, प्याकेटका जुस, तितौरा लगायत सडक किनारमा विक्रीका लागि राखिने तेलमा खारेका ससेज, फ्राई चिकेन, ममः लगायतका सजिला खानेकुराहरुले गर्दा बढ्दो उमेरका वालवालिका, किशोरकिशोरी, युवायुवतीलाई मात्रै हैन सबैको स्वास्थ्यमा गम्भीर असर पर्छ भनेर खाद्यप्रविधि विज्ञहरुले विद्यार्थीलाई सम्झाउन थालेका छन ।

पछिल्लो समयमा कोटेश्वरको ग्रामर पब्लिक स्कुलमा गएर खाद्यप्रविधि विज्ञहरुले त्यहाँका विद्यार्थीलाई तयारी खाजा अर्थात ‘जंक फुड’को उपभोग नगर्न सुझाएका हुन । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य गुणस्तर निरीक्षक एवम् खाद्य वीज्ञहरुले विद्यालय खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत राजधानीका विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुलाई जंक फुडको खरावीबारे जानकारी दिन थालेका हुन ।

स्काउट गुरु एवम् वरिष्ठ पत्रकार बलराम प्यासीको संयोजनमा ग्रामर पब्लिक स्कुलमा सो कार्यक्रम आयोजना गरिएको थियो । विभागका वरिष्ठ वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमल दाहालको साथै खाद्य अनुसन्धान अधिकृत रुपेन्द्र रावल र अनुसन्धान प्राविधिक सहायक मनिषा चापागाईले खाद्य सुरक्षा तथा पोषण, खाद्य तथा अखाद्य वस्तुहरु, सन्तुलित भोजनको बारेमा जानकारी गराउँदै जंक फुड खाँदा हुनसक्ने शारिरीक र मानसिक समस्या लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

विद्यार्थीमात्रै नभई शिक्षक शिक्षिकालाई पनि समयमै अखाद्य वस्तुको उपभोगबाट सचेत बनाउन खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले हरेक विद्यालयमा गएर ज्ञान दिन थालेकोमा विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले विभागका वीज्ञ टोलीलाई धन्यवाद दिँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह