एन आई सी एशिया बैंकद्वारा वित्तीय विवरण सार्वजनिक

काठमाडौँ, ३१ बैशाख । एन आई सी एशिया बैंक लिमिटेड वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आ.व. २०७५/७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका बताएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (१ अर्ब ९२ करोड) ले वृद्धि गरी ३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले बताएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (१ अर्ब ३५ करोड) को वृद्धि सहित २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ९३ करोड रहेको थियो ।

बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार २२८ अर्ब १९ करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (२९ अर्ब) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (४० अर्ब ५३ करोड) को वृद्धि गरी १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (२६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (४४ अर्ब ३७ करोड) को वृद्धि गरी १७८ अर्ब ९ करोड पुर्याउन सफल भएको छ ।

यसरी निक्षेप तथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरको

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा