नेप्से सुचक १४ अंकले बढ्यो

काठमाडौँ, ३१ बैशाख । नेप्से सूचक आज १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा आइपुगेको छ ।

समग्रमा बजार १.०८५ ले बढेको हो । १७० कम्पनीको १ अर्ब ३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह १४५.८४ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १४.१४ अंकले बढेको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । यसको १ अर्ब ३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र कृषि विकास बैंक परेका छन् । यस दिन सबैभन्दा धेरै कमाउने प्रमुख ३ कम्पनीमा क्रमशः राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी संस्थापक र शिवम् सिमेन्ट्स रहेका छन् । तीन वटै कम्पनीमा सर्किट ब्रेकर लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ जेठ । विश्वभर ३ लाख ९८ हजार जनाको मृत्यु भएको वर्ल्डाे मिटर्सले जनाएको छ । वर्ल्डाे मिटर्सलेका अनुसार

काठमाडौँ, २४ जेठ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । एसियामै

काठमाडौँ, २३ जेठ । विश्वभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ३३६ जनाको मृत्यु भएको छ । सबैभन्दा

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ