त्रिविवि स्नातकोत्तरका शोधकर्ता विद्यार्थीलाई रीस र तनावबाट टाढा बस्न सिकाउँदै

काठमाडौँ, बैशाख ३१ । संसारभर जतिपनि घटना क्षणिक रीसको आवेग थाम्न नसकेका हुने गरेको तथ्य सबैलाई जानकारी भएतापनि मानिस रीसबाट टाढा बस्न सकिरहेको छैन ।

नेपालमै पनि विद्यालय जीवनमा विद्यार्थीले जति आफ्ना साथी बढाईराखेका छन्, त्यसको केही प्रतिशतसंग भने झैझगडा गर्न र रीस पोख्न भ्याएका हुन्छन । विद्यालयको कक्षाकोठाको रीस विद्यालय बाहिर ग्यांग फाइटदेखि विभिन्न अपराधिक कार्यमा गएर अन्त्य हुने गर्छ । यस्ता सबै घटना विद्यार्थीमा मानसिक तनावका कारण हुने गरेको अध्ययनले देखाएको छ ।

तनाव र रीस रहित शान्त वातावरणमा पढ्नुपर्ने विद्यार्थी यसरी मानसिक तनावमा देखिने क्रम बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा मनोविज्ञान परामर्श (मास्टर इन काउन्सिलिङ्ग साइकोलोजी—एमसिपि) विषयमा स्नातकोत्तर तह दोस्रो वर्षका शोधकर्ताले विभिन्न विद्यालयका विद्यार्थीको मनोविज्ञान बुझ्दै उनीहरुलाई सकभर रीस नगर्न, यदि रीस उठिहाल्यो भने त्यसलाई तत्काल शान्त पार्र्न र कुनैपनि मानसिक तनाव नलिन प्रशिक्षण दिन थालेका छन् ।

त्रिविवि स्नातकोत्तर तहमा मनोविज्ञान परामर्श विषय (मास्टर इन काउन्सिलिङ्ग साइकोलोजी—एमसिपि) का शैक्षिक संयोजक शिशिर सुब्बाको निगरानीमा शोधकर्ताहरु प्रेरणा राज बास्कोटा, लिला श्रेष्ठ, सुस्मिता बोगटी, सुकृति देवकोटा, रेणुका मानन्धर, लिना पुन, दुर्गा घर्तीमगर, निर्देषदेव श्रेष्ठ, अंगल भट्ट, प्रतिक्षा पोखरेल र अभिशेष बरियाले सरकारी र नीजि विद्यालयका विद्यार्थीहरुको मनोविज्ञान बुझेर त्यसको समाधानको पाटो सिकाउन थालेका हुन ।

सोमबार सो टोलीले नयाँबानेश्वरको काव्य स्कुलका ९ कक्षाका विद्यार्थीलाई मनोवैज्ञानिक परामर्श दिँदै रीस व्यवस्थापनबारे कक्षा लिएका थिए । यसअघि शोधकर्ताको टोलीले एसओएस हर्मन माइनर विद्यालय बनेपा काभ्रेका ८ कक्षाका विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

अंग्रेजी मे महिनालाई मानसिक स्वास्थ्य महिनाको रुपमा मनाइँदै गरेको अवसरमा राधजानी विभिन्न विद्यालयका विद्यार्थीको मनोविज्ञान बुझेर मानसिक स्वास्थ्यको अवस्था बुझेर उनीहरुलाई परामर्श समेत दिने योजना रहेको मनोविज्ञान परामर्श (मास्टर इन काउन्सिलिङ्ग साइकोलोजी—एमसिपि) विषयमा स्नातकोत्तर तह दोस्रो वर्षकी शोधकर्ता तथा उक्त टोलीकी सदस्य प्रेरणा राज बास्कोटाले बताइन । ‘भविष्यका कर्णधारको रुपमा रहेका सबै विद्यार्थीको मानसिक अवस्था तनाव रहित अव्वल र स्वस्थ हुनु जरुरी छ’—बास्कोटाले भनीन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह