मुम्बई बन्यो इन्डियन प्रिमियर लिगको च्याम्पियन

काठमाडौँ, ३० बैशाख । चेन्नई सुपर किंग्स १ रनले पराजित भएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० को च्याम्पियन्स बनेको छ ।

हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।

ओपनर वाटशनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रनबनाएका थिए । १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो । चेन्नईका अर्का ओपनर फाफ डु प्लेसिस २६ रनमा स्टम्पिङ आउट भएका थिए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सुरेश रैनालाई ८, आम्बाती रायडू १, ड्वेन ब्राभो १५, महेन्द्र सिंह धोनी २ रनमा आउट भएपछि चेन्नईको अवस्था नाजुक बनेको थियो । ८२ रनमा ४ विकेट गुमाएको अवस्थामा चेन्नई आफै स्तब्ध बनेको थियो । तर १६ औं ओभरमा लाथिस मलिङ्गाले १ छक्का र शेन वाटशनका ३ चौका प्रहार गर्दै २० रन बटुलेपछि चेन्नईलाई आसा आएको थियो । मुम्बईका जसप्रित बुमराहले २, क्रुनाल पान्ड्या, राहुल चाहर र लाथिस मलिङ्गाले समान १ विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले २५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा अन्यले उल्लेख्य रन बनाउन सकेनन् । १७ बलमा ४ छक्का सहित २९ रन बनाएका क्विन्टन डि कक विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट भए । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा पनि धोनीबाटै क्याच आउट भए ।

सुर्य कुमार यादव १५, ईशान किसानलाई २३, हार्दिक पान्ड्यालाई १६, कुनाल पान्ड्या ७ रनमा पेभिलिएन फर्किए। विशाल योगफल नबनाउँन सक्दा पनि मुम्बईले १ रनको जित निकाल्दै उपाधि हात पारेको हो । चेन्नईका लागि दिपक चाहरले ३ र इमरान ताहिर र सार्दुल ठाकुरले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर