शेयर बजारमा परिसूचक नेप्से बढ्यो

काठमाडौँ, २९ बैशाख । आइतबार शेयर बाजारमा नेप्से परिसूचक बढेको छ ।

निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समुहका कम्पनीहरुको शेयरको मूल्य बढेपछि नेप्से सकारात्मक बनेको हो ।आइतबार नेप्से परिसूचक ३ अंकले बढेर १ हजार २ सय ९५ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ ।

पछिल्लो समय लगानीकर्ताले बजारबाट प्राप्त नाफा सुरक्षित गर्न लाग्दा बजारमा विक्रीचाप बढेको छ । १ सय ७१ कम्पनीको ८४ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएो छ ।

बैंकिङ, विकास बैंक, जीवन बीमा, माइक्रोफाइनान्स लगायतका क्षेत्रका परिसूचकहरु भने घटेका छन् । तरपनि निर्जीवन र उत्पादन मुलक क्षेत्रमा वृद्धि हुँदा नेप्से सकारात्मक देखिएको हो ।

सगरमाथ इन्स्योरेन्स, शिभम सिमेन्ट लगायतका कम्पनीको शेयरको कारोबार उच्च देखिएको छ । शिभम सिमेन्ट, प्रिमियर इन्स्योरेन्स लगायतक कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन भने शुर्योदय लघुवित्तका शेयरधनीले ७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार