पाकिस्तानको फाइभ स्टार होटेलमा आतंकवादीको अन्धाधुन्द आक्रमण : ४ जनाको मृत्यु

एजेन्सी, २९ बैशाख । पाकिस्तनको बलूचिस्तान प्रान्तमा बन्दरगाह शहर ग्वादर स्थित एक फाइभ स्टार होटेलमा आक्रमणमा परेर तीन आतंकवादिसहित ४ जनाको मृत्यु भएको छ ।

आतंकवादीहरु सोझै होटेल भित्र पसेको र अन्धाधुन्ध गाली चलाएको एक प्रहरी अधिकारीले बताएका छन् । आतंकवादी र प्रहरीबीच भिषण गोली हानाहान हुँदा आतंकवादिहरुले प्रवेशद्वारमा एक सुरक्षा गार्डलाई गोली हानेर हत्या गरेको बताइएको छ । पाकिस्तानको सुरक्षा बलले तीन आतंककारीहरुलाई मारेका थिए ।

होटेलमा रहेका अन्य ग्राहकहरु पनि घाइते भएको तर एकिन विवरण भने आउन नसकेको बताइएको छ । पाकिस्तानको प्रतिबन्धित बलूचिस्तान लिबरेशन आर्मी (बीएलए)ले हमलाको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर