ट्रिटनको विद्यार्थी प्रमुखमा आरजु र अनिश निर्वाचित

काठमाडौं, २८ बैशाख । सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलको छात्राहरुको प्रमुख अर्थात ‘स्कुल हेड गर्ल’मा आरजु थापा र छात्र प्रमुख अर्थात ‘स्कुल हेड ब्वाय’मा अनिश शिवभक्ति विजयी भएका छन् ।

चालु शैक्षिक सत्र अर्थात २०७६ को लागि पुर्ण प्रजातान्त्रिक विधिबाट सम्पन्न निर्वाचनबाट आरजुले छात्रातर्फ र अनिशले छात्रतर्फको उपाधि जितेका हुन ।

‘सीता’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रेकी आरजुले १ सय ४३ मत ल्याएर निर्वाचित भएकी थिइन भने उनको प्रतिद्वन्दी स्मृति देउलाले ४२ मत पाएकी थिइन ।

यसैगरि छात्रतर्फ ‘पृथ्वीनारायण शाह’को तस्वीर चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका अनिसले १ सय ३९ मत पाएर विजयी भए भने विपक्षी राकेश साहनीले ३७ मत प्राप्त गर्न सफल भए ।

१ देखि १० कक्षासम्मका ३ सय १० जना विद्यार्थी र शिक्षकहरु सबैजना मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएको निर्वाचन अधिकृत चक्रकुमार श्रेष्ठले बताए ।

निर्वाचनअघि चुनावको आवश्यकता, महत्व र प्रकृयाबारे शिक्षकहरुले विद्यार्थीलाई जानकारी गराएका थिए भने उम्मेदवराहरुले आआफ्नो एकवर्षको योजना सहित हरेक कक्षामा गएर मतदातासंग मत मागेका थिए ।

नवनिर्वाचित ‘स्कुल हेड गर्ल’ आरजु थापा र छात्र प्रमुख अर्थात ‘हेड ब्वाय’मा अनिश शिवभक्तिलाई गतवर्षका हेड गर्ल करिशा घिमिरे र हेड ब्वाय सुदिप जंग खत्रीले पद हस्तान्तरण गर्नुको साथै पदको शपथ गराएका थिए ।

नवनिर्वाचित पदाधिकारीलाई विद्यालयक निर्देशक राजन सुवेदी र भाइस प्रिन्सिपल ममता शाह लगायत सेकेण्डरी इन्चार्ज, शिक्षक तथा शिक्षिकले टिका, खादा लगाइदिँदै वधाई दिएका थिए भने गतवर्षका पदाधिकारीलाई विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।