काठमाडौँ, २८ बैशाख । लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको आफ्नो रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठजना स्रष्टाहरूलाई सम्मान गरेको छ ।
गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रित, सरस्वती गद्यसम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायणगोपाल सङ्गीतसम्मानबाट लोक–आधुनिक सङ्गीतका विशिष्ट साधक गणेश रसिक, अरनिको ललितकलासम्मानबाट नेपाली चित्रकलाक्षेत्रका विशिष्ट साधक किरण मानन्धर, बालकृष्ण सम रङ्गसम्मानबाट रङ्गमञ्च क्षेत्रकी विशिष्ठ साधक भुवन थापा चन्द, नेपाल नवप्रतिभासम्मानबाट फरक क्षमता भएकी सृष्टि केसी र गोपालप्रसाद रिमाल काव्यसम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारीलाई सम्मानित गरिएको छ ।
सम्मानित स्रस्टाहरूलाई वरिष्ठ संस्कृतिविद्, शताब्दी पुरुषसत्यमाहन जोशीले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए ।





